सुदूर पहाडमा जात्राको रौनक (मेलौलीको फोटो फिचर)



फोटोहरु देवेन्द्र चन्दको फेसबुकबाट
फोटोहरु देवेन्द्र चन्दको फेसबुकबाट

बैतडी, कात्तिक २८

सुदूरपश्चिमको पहाडी जिल्लाहरुका विभिन्न मन्दिरहरुमा आजबाट दुईदिने मेला तथा जात्रा सुरु भएका छन् ।

बैतडीको तल्लो स्वराडमा रहेको प्रसिद्ध धार्मिक स्थल मेलौली भगवती मन्दिर ,
राष्ट्रैकै सातौं धाम मानिएको दार्चुलाको मालिकार्जुन मन्दिर, डडेल्धुरामा रहेको उग्रतारा मन्दिर र डोटी जिल्लाको प्रसिद्ध गगुडा लाटामष्टा मन्दिरमा आइतबारदेखि विशेष पूजाआजासहित जात्रा सुरु भएको हो ।

प्रसिद्ध शक्तिपीठका रुपमा रहेको मेलौली भगवती मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा तथा पूजाआजा हुँदै आएको छ ।

de-jaat-1

सो मेलामा तल्लो सोराड क्षेत्रका बासिन्दाका साथै भारतको उत्तराखण्डका पिथौरागढ, चम्पावत लगायतकाजिल्लाबाट पनि आउने दर्शनार्थीले राँगा तथा बोकाको बलिसहित पूजाआजा गर्ने गर्छन् ।

यस्तै रौलेश्वरमा रहेको भवानी मन्दिरमा पनि आइतबारदेखि जात्रा सुरु भएको छ ।

प्रत्येक वर्षको कात्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेला लाग्ने सो मन्दिरमा पनि राँगा तथा बोकाको बलिदिने चलन रहिआएको छ ।

de-jaat

मेलालाई मर्यादित बनाउनका लागि मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ भने मेलामा चोरी तथा आपराधिक घटना हुननदिन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै राष्ट्रैकै सातौ धाम मानिएको दार्चुलाको मालिकार्जुनमा आइतबारदेखि विशेष पूजाआजासहित मेला सुरु भएको छ ।

यसरी लाग्ने मेलामा हजारौंको सँख्यामा दर्शानार्थीहरुको उपस्थिति रहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News