क्युरासाओविरुद्ध अर्जेन्टिनाको ७ गोल, मेस्सीको ह्याट्रिक



काठमाडौं, चैत्र १५
विश्व विजेता अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा क्युरासाओविरुद्ध ७–० को फराकिलो जित हात पारेको छ।

बुधबार बिहान घरेलु मैदानमा सम्पन्न खेलमा अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेका छन्। यससँगै मेस्सीको अन्तर्राष्ट्रिय गोल संख्या १ सय २ पुगेको छ।

अन्तर्राष्ट्रिय फुटबलमा सय गोल पूरा गर्ने उनी तेस्रो खेलाडी हुन्। यसअघि इरानका अलि दाई र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले सय गोल पूरा गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News