आईपीएल : गुजरातमाथि राजस्थानको रोमाञ्चक जित


 


काठमाडौं, वैशाख ४
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सलाई हराउँदै राजस्थान रोयल्स विजयी भएको छ ।

अहमदाबादमा गएराति भएको खेलमा राजस्थान ३ विकेटले विजयी भएको हो ।

गुजरातले दिएको १ सय ७८ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनायो ।

जितसँगै राजस्थान ८ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा कायमै छ । गुजरात भने ६ अङ्कका साथ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्