चितवन-२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु



चितवन, वैशाख ११
चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।

बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो ।

मतगणनाको सहमतिका लागि बैठक बसेको हो । उद्योग संघको हलमा मतगणना गर्ने तयारी गरिएको छ ।

चितवन-२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।

४३ स्थलका १ सय ३८ केन्द्रमा मतदान भएको थियो। यो क्षेत्रमा १ लाख २४ हजार ६ सय ९५ मतदाता थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News