वर्षाका कारण रोकियो नेपाल र कुवेतबीचको खेल



काठमाडौं, वैशाख १६
एसीसी प्रिमियर कपअन्तर्गत जारी नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानि परेसँगै रोकिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा २३.२ ओभरको खेल भइरहँदा पानि दर्किएसँगै खेल रोकिएको हो ।

अहिलेसम्म पहिलो इनिङको २३.२ ओभर भएको छ। यसमा नेपालले तीन विकेट गुमाएर १४१ रन बनाएको छ।

नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो शुरूआत गरे। उनीहरूले पहिलो विकेटका लागि ७७ रनको साझेदारीगरे। भुर्तेल ४३ र शेखले ३१ रन बनाए।

त्यसपछि भने नेपालले एकपछि अर्को गर्दै तीन विकेट गुमायो। भीम सार्की एक रन बनाएर आउट भए। रोहित पौडेल र कुशल मल्लले नेपालको पारी सम्हालेका छन्। मल्लले ३२ र पौडेलले ३० रन बनाएका छन्।

कुवेतका लागि अड्नास इद्रिसले दुई र मोहम्मद अस्लमले एक विकेट लिएका छन्। टस जितेको कुवेतले नेपाललाई ब्याटिङको निम्तो दिएको हो।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News