आईपीएल : हैदरावादलाई हराउँदै कोलकाता ५ रनले विजयी



काठमाडौं, वैशाख २२
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ५ रनले हराएको छ ।

जितका लागि १७२ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेटको क्षति १६६ रनमात्र बनाएपछि कोलकाता ५ रनले विजयी भएको हो ।

हैदरावादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७१ रन बनाएको थियो ।

यो जितसँगै कोलकाता आईपीएलको अंक तालिकामा आठौं स्थानमा पुगेको छ भने हैदरावाद नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News