अनावश्यक रौँ हटाउने उपाय जानिराखौं


 


अनावश्यक रौँ हटाउने केही घरेलु उपाय यस्ता छन्ः

– बजारमा ‘प्युमिक स्टोन’ नाम गरेको पत्थर पाइन्छ । नुहाउनुअघि अनावश्यक रौँ भएको ठाउँमा यो पत्थरले रगड्ने गर्नाले रौँ झर्छ ।

– बेसनमा दही मिलाएर पेस्ट बनाई अनावश्यक रौँ भएका ठाउँमा दल्ने र केही बेरपछि यसलाई रगडेर चिसो पानीले धुने गर्दै गयो भने रौँ क्रमशः हराउँदै जान्छ ।


– मह, कागती र चिनीको मिश्रण बनाउने र यसलाई मनतातो बनाएर रौँ भएको ठाउँमा लगाउने । त्यसपछि सुतीको कपडाले यसलाई छोप्दै, निकाल्दै गर्ने । यसो गर्दा कपडास”गै रौँ निस्किन थाल्छ र छाला चम्किलो बन्छ ।

– चिनी र कागती मिसाएर फाल्नुपर्ने रौँ भएको ठाउँमा लगाउने र १५ मिनेटजति मसाज गर्ने र पानीले सफा गर्ने गर्दा रौँ कम हादै जान्छ।

प्रकाशित मिति: २७ जेष्ठ २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्