Deshko News
१२ मंसिर २०८०, मंगलबार

आईपीएल : राजस्थानलाई हराउँदै हैदराबाद विजयी


 


काठमाडौं, वैशाख २५
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद विजयी भएको छ ।

गएराति भएको खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई चार विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो ।

जितसँगै हैदराबाद १० खेलमा ८ अंक जोडेर नवौँ स्थानमा छ । राजस्थान ११ खेलमा १० अंक जोडेर चौथो स्थानमा छ ।

प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्