आईपीएल : बेंगलोरमाथि जित निकाल्दै मुम्बई तेस्रो स्थानमा उक्लियो


 


काठमाडौं, वैशाख २७
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले पराजित गरेको छ ।

वाङखडेमा टस हारेर पहिला ब्याटिङ गरेको बेंग्लोरले दिएको २ सय रनको लक्ष्य मुम्बईले १६ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि बेंग्लोरका कप्तान फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलले शतकीय साझेदारीमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो ।

जितसँगै मुम्बई ११ खेलमा १२ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलमा बेंग्लोर १० अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।

प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्