पाकिस्तानका पूर्वप्रधानमन्त्री खानले गैरकानुनी रूपमा उपहार बेचेको ठहर


 


काठमाडौं, वैशाख २८
पाकिस्तानको एक अदालतले पूर्वप्रधामन्त्री इमरान खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहर गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार खानले प्रधानमन्त्री हुँदा विदेशी पाहुनाबाट प्राप्त गरेको उपहार गैरकानुनी रूपमा बेचेको ठहर गरेको हो ।

खान २०१८ देखि २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए। खानमाथि गत अगस्टमा पाकिस्तान मुस्लिम लिगका एक सदस्यले मुद्दा दायर गरेका थिए ।

उनले यस्तो उपहार राज्यकोषमा दाखिला नगरी भ्रष्ट अभ्यास गरेको अदालतको ठहर छ । निर्वाचन आयोगले पनि यस मामिलामा दोषी ठहर गर्दै सांसद सदस्यता खारेज गरेको थियो । खानले आफूमाथि लगाएको आरोप राजनीतिबाट प्रेरित भएको भन्दै अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति: २८ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्