विश्व स्वास्थ्य सम्मेलनमा अमेरिकाले ताइवानलाई बोलाउँदा चीन किन असन्तुष्ट ?


 


काठमाडौं, वैशाख २८
विश्व स्वास्थ्य संगठनको आयोजनामा हुने विश्व स्वास्थ्य सम्मेलनमा अमेरिकाले ताइवानलाई निमन्त्रणा गरेपछि चीन क्रुद्ध भएको छ।

यही मे ९ मा अमेरिकी विदेश सचिव एन्थोनी ब्लिन्कनले ताइवानलाई निमन्त्रणा दिन विश्व स्वास्थ्य संगठनलाई सार्वजनिक आग्रह गरेका थिए।

ब्लिन्कनको आग्रहलाई बेइजिङले कडा प्रतिपाद गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ताइवानलाई निमन्त्रणामा गर्नुले एक चीन नीति विरुद्ध मात्रै होइन संयुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनकै संकल्पमा असर गर्ने वेनबिनले बताएका छन् ।

बुधवारको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले संयुक्त राष्ट्रसंघको महासभाको संकल्प २७५८ र विश्व स्वास्थ्य संगठनको संकल्प २५।१ अनुसार पनि ताइवानलाई निमन्त्रणा अनावश्यक भएको बताएका छन् ।

चिनियाँ अखबार ग्लोबल टाइम्सले ताइवान सवाल चीन र अमेरिकी सम्बन्धको प्रमुख पक्ष भएको भन्दै त्यो क्रस गर्नै नहुने रातो रेखा भएको बताएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्