चिनियाँ बैंकहरुको ऋण विस्तार सुस्त


 


चीन, वैशाख ३०
चिनियाँ बैंकहरुले गत अप्रिल महिनामा सात सय १९ बिलियन युआन (एक सय चार बिलियन अमेरिकी डलर) बराबरको नयाँ युआन ऋण विस्तार गरेका छन् ।

जुन अघिल्लो वर्षको तुलनामा ६४.९ बिलियन युआन बढी रहेको पिपुल्स बैंक अफ चाइना (पीबीओसी)ले जनाएको छ । पीबीओसीले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैंकहरुको ऋण विस्तार सामान्य बढेको देखिएको हो ।

चिनियाँ बैंकहरुले सन् २०२३ को पहिलो त्रैमास (जनवरीदेखि मार्चसम्म) १५.३९ ट्रिलियन युआन ऋण विस्तार गरेका थिए । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.५४ ट्रिलयन युआन बढी हो । यसको तुलनामा अप्रिलमा निकै कम युआन ऋण विस्तार भएको पीबीओसीले उल्लेख गरेको छ ।

यस्तै नयाँ थपिएको कूल सामाजिक वित्त, वास्तविक अर्थतन्त्रले वित्तीय प्रणालीबाट प्राप्त गर्ने रकम अप्रिलमा १.२२ ट्रिलियन युआनले बढेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा झण्डै २७३ बिलियन युआन बढी हो ।

ग्रेटर चाइनाका प्रमुख अर्थशास्त्री पाङ मिङ्ले ऋण विस्तार र नयाँ ऋणको सुस्त गतिका कारण बैंकहरु पहिलो त्रैमासदेखि नै दबाबमा रहेको बताए । उनले भनेका छन् ‘मौद्रिक नीतिले दोस्रो त्रैमासमा ऋणको विस्तार बलियो गरी बढ्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।’

प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्