सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड- देउवा र ओलीबीच भेटवार्ता


 


काठमाडौं, वैशाख ३१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त छलफल गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण चर्किँदै गएका बेला प्रमुख दलका शीर्ष तीन नेता बालुवाटारमा छलफलमा जुटेका हुन् ।

यसअघि पनि पटक पटक यी तीन नेताहरूबिच भेटवार्ता भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परिसकेका छन् भने एमाले सचिव टोपबहादुर रायमाझी फरार रहेका छन् ।

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्