Deshko News
१२ मंसिर २०८०, मंगलबार

कांग्रेस सांसद सञ्जय गौतम आमरण अनशनमा


 


काठमाडौं, वैशाख २१
सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री सञ्जय गौतम विकास निर्माणका १५ बुँदे माग राख्दै शनिबार बेलुकीदेखि बर्दियामा आमरण अनसनमा बस्नुभएको छ ।

बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित गौतम बर्दियाको जब्दीघाटस्थित भत्किएको पुलमुनि टेन्ट लगाएर आमरण अनशनमा बस्नु भएको हो ।

उहाँको बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण, भासिएको पुलको स्पान हटाउनु पर्ने, बबई नदी तटबन्ध र बबई सिंचाई आयोजनामा बजेट कटौतीले चुनौती थपिएको लगायतका माग रहेका छन् ।

उहाँको मागको पहिलो नम्बरमा जब्दीघाटको भत्किएको पुल तत्काल निर्माण गर्नुपर्ने रहेको छ । बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने गरी बनाइएको पुल उदघाटन नहुँदै २०७४ साउनमा भत्किएको थियो । पप्पु कन्स्ट्रक्सनले उक्त पुल बनाएको थियो ।

सांसद गौतमसँगै प्रदेशसभा सदस्य भुवनेश्वर चौधरी पनि आमरण अनशनमा बस्नुभएको छ ।

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्