चीनको दादागिरी अन्त्य गरी पाठ सिकाउने इन्डो–प्यासिफिक देशकाे तयारी


 


एजेन्सी, वैशाख ३१
दक्षिण र पूर्वी चीन सागरमा चिनियाँ सेनाको आक्रामकता लगातार बढिरहेको छ। यसले इन्डो–प्यासिफिक क्षेत्रमा आउने सबै देशलाई आक्रोशित बनाएको छ ।

सबै देश मिलेर चीनको दादागिरी अन्त्य गरी पाठ सिकाउने निर्णय गरेका छन् । दोस्रो ईयू इन्डो-प्यासिफिक मिनिस्ट्रियल फोरम (EIPMF) मा सहभागी हुन स्वीडेनको स्टकहोम पुगेका भारतका विदेशमन्त्री एस जयशंकरले चीनलाई घेरेर सबै देशलाई एकताबद्ध गर्न थालेका छन्।

जयशंकरले शनिबार भने कि इन्डो-प्यासिफिक एक जटिल र फरक परिदृश्य हो, जसलाई अझ गहन संलग्नताबाट राम्रोसँग बुझ्न सकिन्छ। जयशंकर दोस्रो ईयू इन्डो-प्यासिफिक मिनिस्ट्रियल फोरम (EIPMF) मा भाग लिन स्वीडेनको पहिलो भ्रमणमा शनिबार स्टकहोम आइपुगेका हुन्।

युरोपेली संघ (ईयू) इन्डो-प्यासिफिक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जयशंकरले भने, ‘इन्डो-प्यासिफिकले विश्वव्यापी राजनीतिमा केन्द्रिय भूमिका खेल्दैछ। यसले उठाएका मुद्दाहरू भूमण्डलीकरणको स्थापित मोडलमा निहित समस्याहरू हुन्।’

इन्डो-प्यासिफिक क्षेत्रले दक्षिण चीन र पूर्वी चीन सागरमा चिनियाँ सेनाद्वारा आक्रामक कारबाही गरिरहेको बेला यो बैठक गर्न लागेकाे हो। चीनको थिचोमिचो कम गर्न विदेशमन्त्री एस जयशंकरले इन्डो-प्यासिफिक क्षेत्रमा बहुध्रुवीय एशियाको वकालत गरे। युरोपेली युनियनले मन पराएको बहुध्रुवीय विश्व बहुध्रुवीय एसियाबाट मात्र सम्भव भएको उनले बताए ।

“इण्डो-प्यासिफिकसँगको यस्तो संलग्नतामा, ईयूले स्वाभाविक रूपमा समान विचारधाराका साझेदारहरू खोज्नेछ। तीमध्ये भारत पक्कै पनि हो।’ उनले भने, ‘इन्डो–प्यासिफिक एउटा जटिल र छुट्टै परिदृश्य हो जसलाई थप गहन संलग्नताबाट राम्रोसँग बुझ्न सकिन्छ। यसमा मात्र सीमित नभई नियमित, व्यापक र अर्थपूर्ण संवाद चाहिन्छ।’

जयशंकर बंगलादेशबाट स्वीडेन पुगेका थिए । बंगलादेशमा उनले शुक्रबार छैटौं हिन्द महासागर सम्मेलनलाई सम्बोधन गरेका थिए।

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्