कोलम्बियाको सानदार सुरुवात, उज्बेकिस्तान ३–१ गोलले पराजित
काठमाडौं । फिफा विश्वकपमा कोलम्बियाले विजयी सुरुवात गरेको छ । मेक्सिको सिटी स्टेडियममा भएको समूह चरणको खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो ।
खेलको पहिलो हाफमा ड्यानियल मेन्जोले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए। खेलको ६०औँ मिनेटमा उज्बेकिस्तानले अब्बोसेक फैजुलेभको गोलमार्फत विश्वकपमा आफ्नो पहिलो ऐतिहासिक गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याएको थियो।
तर बराबरी लामो समय टिकेन । ६५औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई पुनः अग्रता दिलाए। त्यसपछि खेलको अन्तिम क्षणमा ज्यामिन्ट क्याम्पाजले गोल थप्दै कोलम्बियाको ३–१ को जित सुनिश्चित गरे।
यस जितसँगै कोलम्बियाले विश्वकप अभियानमा शानदार सुरुवात गर्दै तालिकामा तीन अंक जोडेको छ भने उज्बेकिस्तानले हारबाट प्रतियोगिता सुरु गरेको छ।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार












