Deshko News
११ आश्विन २०८०, बिहिबार

आईपीएल : चेन्नाईमाथि कोलकाताको सहज जित



काठमाडौं, जेठ १
इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दोस्रो स्थानको चेन्नाई सुपर किङ्सविरुद्ध ६ विकेटको सहज जित निकालेको छ ।

आइतबार एम ए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा चेन्नाईले प्रस्तुत गरेको १४५ रनको लक्ष्य कोलकाताले १८.३ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रनको योगफल खडा गरेको थियो ।चेन्नाईका सिवम दुबेले ४८ रन बनाएका थिए ।

जितसँगै १३ खेलबाट १२ अंक जोडेको कोलकाता तालिकाको सातौं स्थानमा उक्लिएको छ । समान खेलबाट १५ अंक जोडेको चेन्नाई तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News