चीन र रुसको ‘डिल’का कारण विश्वलाई खतरा


 


एजेन्सी, जेठ १
चीन र रुसको निकटताका कारण विश्व नै खतरामा पर्ने जाेखिम देखिएकाे छ । खासगरी युरोपेली देश र अमेरिकालाई खतराकाे जाेखिम देखिएकाे हाे ।

रुस र चीनबीचको सम्झौताका कारण चीनको शत्रु जापान पनि खतरामा पर्ने निश्चित छ । यही कारणले गर्दा जापानका विदेशमन्त्री योशिमासा हयासीले एसियामा रुस र चीनका सेनाबीचको आपसी सहयोगप्रति चिन्ता व्यक्त गरेका छन् ।

जापानी विदेशमन्त्रीले युक्रेनमा रुसको आक्रमणका कारण युरोपको सुरक्षा अवस्थालाई इन्डो–प्यासिफिक क्षेत्रबाट अलग गर्न नसकिने बताए ।

स्वीडेनमा युरोपेली र इन्डो-प्यासिफिक देशका विदेशमन्त्रीहरूको बैठकमा हयासीले युक्रेनको युद्धले अन्तर्राष्ट्रिय व्यवस्थाको जग हल्लाएको र अन्तर्राष्ट्रिय समुदायले मिलेर जवाफ दिनुपर्ने बताए।

जापानका परराष्ट्रमन्त्रीले रुस र चीनका सेनाको समन्वय यस्तै रहिरहने हो भने अन्य क्षेत्रमा पनि यस्तै चुनौतिहरु देखा पर्ने बताए ।

उनले भने,’यसो हुनेछ कि त्यो व्यवस्थाको जग हल्लाउन सक्छ, जसमा हाम्रो शान्ति र समृद्धि निर्भर छ।’ जापानले युक्रेनलाई युद्धमा समर्थन गरेको छ भने चीनले तटस्थ रहने बताएको छ र नेटोलाई द्वन्द्व उक्साएको आरोप लगाएको छ।

हयासीले बेइजिङले पूर्वी र दक्षिण चीन सागरमा बल प्रयोग गरेर र ताइवान वरपर आफ्नो सैन्य गतिविधिहरू बढाएर यथास्थिति परिवर्तन गर्ने प्रयास गरेको आरोप लगाए।

आफू नजिक रहेको देश उत्तर कोरियाले समय–समयमा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेर क्षेत्रमा तनाव उत्पन्न गराएकोमा जापानी विदेशमन्त्रीको चिन्ता पनि छ । उत्तर कोरियालाई चीनको गोप्य समर्थन छ। उक्त बैठकमा भारतसँगै युरोपेली संघका विदेशमन्त्री र भारतीय प्रशान्त क्षेत्रका धेरै देशका विदेशमन्त्रीहरुको सहभागिता रहेको थियो । तर यसमा चीनलाई बोलाइएको छैन ।

प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्