न्युजिल्याण्डको एक छात्राबासमा आगलागी हुँदा ६ जनाको मृत्यु


 


एजेन्सी, जेठ २
न्युजिल्याण्डको एक होस्टेलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।

आगलागीमा परेका अन्य केहीको अवस्था अज्ञात रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । केहीको जलेको अवस्थामा उद्धार गरिएको छ ।

न्युजिल्याण्डको वेलिङ्टन शहरमा रहेको चार तले होस्टेलमा रातको समयमा आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि दर्जनौ दमकल प्रयोग गरिएतापनि आगलागी घण्टौं पछी मात्रै नियन्त्रणमा आएको थियो । आगलागीको कारण अस्पष्ट भएतापनि कसैले जानाजानी आगलागी गरेको अनुमान गरिएको छ ।

घटनाबारे अनुसन्धान थालिएको छ । आगलागीका कारण उक्त छात्राबासको अधिकांश भाग ध्वस्त भएको छ । हराइरहेकाहरुको खोजी भइरहेकोले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्