भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणको आज पनि लिइँदै बयान


 


काठमाडौं, जेठ २
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान सोमबार नसकिएपछि आज पनि लिइँदैछ । पक्राउ परेको छैटौ दिनमा मात्रै प्रहरीले उनको बयान लिन थालेको हो ।

उनको सोमबार बिहान सरकारी वकिलको रोहबरमा बयान लिइएको थियो । सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार सोमबार बयान नसकिएको भन्दै मंगलबार पुनः उनको बयान लिन लागिएको हो ।

मोबाइलको फरेन्सिक ल्याबबाट रिपोर्ट ल्याएपछि उनको बयान लिनको लागि सरकारी वकिल कार्यालयमा लगिएको थियो । गत बुधबार प्रहरीले उनलाई मैजुबहालबाट पक्राउ गरेको थियो ।

यस्तै आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ परेका टोपबहादुर रायमाझीको पनि सोमबारै बयान लिइएको थियो । उनीहरूसहित १३ जनालाई अदालतले दिएको म्याद बुधबार सकिँदैछ ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्