आईपीएल क्रिकेटमा आज मुम्बई र लखनउ भिँड्दै


 


काठमाडौं, जेठ २ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । यो खेल लखनउमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।

अङ्क तालिकामा मुम्बई १२ खेलमा १४ अङ्कसहित तेस्रो स्थानमा र समान खेलमा १३ अङ्कसहित लखनउ चौथो स्थानमा छ।

आईपीएल क्रिकेटमा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई हराउँदै शीर्ष स्थानको गुजरात टाइटन्स प्लेअफमा पुगेको छ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्