म्यानमारमा आँधीमा परी ८० जनाभन्दा बढीको मृत्यु


 


एजेन्सी, जेठ ३
म्यानमारमा मोका नामक समुद्री आँधीका कारण ८० जना भन्दा बढीको मृत्यु भएको छ ।

आँधीले रखाइन प्रान्तमा सबैभन्दा बढी क्षति पुर्‍याएको हो । रोहिंग्या मुश्लिमहरुको बाहुल्य रहेको सो प्रात्नमा मात्रै ५९ जनाको ज्यान गएको छ । सो प्रान्तको राजधानी सितवे नजिकैको गाउँमा १ सय जना भन्दा बढी वेपत्ता रहेको जनाइएको छ भने हजारौं घरबार बिहिन बनेका छन् ।

प्रतिघण्टा १ सय ३० माइलको वेगले आएको आँधीका कारण म्यानमारको जनजीवन अस्तब्यस्त बनेको छ । आँधीमा परी हराइरहेकाहरुको खोजी जारी रहेकाले मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

आँधी र बाढी प्रभावितहरुलई अस्थायी शिविरमा स्थानान्तरण गरिए पनि अस्थायी शिविरमा पनि बाढी पस्दा बिचल्ली भएको छ ।

बंगालादेशमा बिनाश मच्चाएको चक्रवात म्यानमार प्रवेश गरेकाे हो । म्यानमारमा भारी वर्षा हुने क्रम अझै केही दिन जारी रहने भएकाले आँधी र बाढीको खतरा रहेको मौसमविद्हरुले बताएका छन् ।

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्