देशलाई थप विग्रन नदिन सचेत भएर अघि बढौं : अध्यक्ष ओली


 


काठमाडौं, जेठ ३
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई थप विग्रन नदिन सचेत भएर अघि बढ्नु पर्ने बताएका छन् ।

मदन भण्डारी र जीवराज आश्रितलाई सम्झिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले मदन भण्डारीका विचारको सान्दर्भिकतालाई बुझ्न आवश्यक रहेको बताए ।

“आज जेठ ३ गते, जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस । यस पीडादायी दिनमा हामीले जननेता भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई गुमाएका थियौं,” ओली भन्छन्, “श्रद्धेय मदन–आश्रितप्रति म अत्यन्तै श्रद्धाभावपूर्ण उच्च सम्मान अर्पण गर्दछु ।”

‘जननेता मदन भण्डारीका विचारका सान्दर्भिकतालाई बुझ्न र समाजमा आदर्शको महत्व हुन्छ भन्ने कुरालाई मनन गरेर देशलाई थप विग्रन नदिन सचेत भएर अघि बढ्न सबैमा आग्रह गर्दछु,’ उनले भनेका छन् ।

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्