चीनमा डुंगा पल्टिदा ३९ जना बेपत्ता


 


एजेन्सी, जेठ ३
हिन्द महासागरमा डुङ्गा डुब्दा चालक दलका ३९ सदस्य बेपत्ता भएका छन् । चिनियाँ माछा मार्ने डुङ्गा मंगलबार बिहान करिब ३ बजे डुबेको चीनको आधिकारिक सञ्चारमाध्यम ‘सीसीटीभी’ले जनाएको छ ।

चालक दलमा चीनका १७, इन्डोनेसियाका १७ र फिलिपिन्सका पाँच जना रहेको समाचारमा उल्लेख छ । चिनियाँ नेता सी जिनपिङ र प्रधानमन्त्री ली केकियाङले विदेशमा तैनाथ चिनियाँ कूटनीतिज्ञहरूका साथै कृषि तथा यातायात मन्त्रालयहरूलाई बाँचेकाको खोजीमा सहयोग गर्न निर्देशन दिएका छन्।

अष्ट्रेलिया र अन्य धेरै देशहरूबाट खोज र उद्धार टोली घटनास्थलमा रहेको बताएको छ। खोजी कार्यका लागि चीनले दुईवटा जहाज तैनाथ गरेको छ । चीनको सामुद्रिक खोज तथा उद्धार केन्द्रले घटनाबारे सम्बन्धित देशहरूलाई जानकारी गराएको छ।

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्