नीति तथा कार्यक्रममाथि छलफल गर्न संसद्का दुवै सदनको बैठक बस्दै


 


काठमाडौं, जेठ ८
संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने छ ।

नीति तथा कार्यक्रममाथि सांसद्हरूले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षि दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन् ।

राष्ट्रियसभाको बैठक पनि आज बस्दै छ । बिहान ११ बजेबाट सुरु हुने बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।

प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्