खेलकुद प्रतियाेगिता सम्पन्न



choukidada-3सुदीप अधिकारी
भोजपुर, मंसीर १
भोजपुरकाे चाैकीडाँडामा खुल्ला डबल ब्याडमिन्टन र खुल्ला लोक नृत्य प्रतियोगिता सम्पन्न भएकाे छ । ईन्द्रावती युवा क्लब तिन्तामा चौकीडाँडाकाे अायाेजनामा प्रतियाेगिता सम्पन्न भएकाे हाे ।

जाल्पा उच्च माबिको प्रांगणमा आयोजित बिजयी प्रतियोगीलाई पुरस्कृत गरिएको छ । १३ टिम सहभागी ब्याडमिन्टन तर्फ संखुवासभाको तुम्लिङटार प्रथम भएको थियो भने द्वितीय चौकीडाँडा सी र तृतिय स्थान चौकीडाँडा ए ले प्राप्त गरेको थियो।

choukidada-1प्रथम पुरस्कार १० हजार थियो भने द्वितिय र त्रितिय पुरस्कार क्रमश: ७ हजार पाँच सय  ५ हजार थियो। प्रथमलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने द्वितिय र त्रितियलाई मेडल र प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।

खुल्ला लोक नृत्य तर्फ प्रथम, दितिय र तृतीय स्थान क्रमश: नेपालेडाँडा, तालखर्क(चौकिडाँडा) र साम्पाङले प्राप्त गरेको थियो। १३ समुहको सहभागिता रहेको लोक नृत्यतर्फकाे प्रथम, द्वितिय र त्रितिय पुरस्कारको रकम पनि क्रमश: १० हजार ७ हजार पाँच सय र ५ हजार राखिएको थियो।

choukidada-2नृत्यतर्फ भने ‘लोकप्रिय नृत्य’ अन्तरगत अर्को २ समुहलाई पुरस्कृत गरिएकाे थियाे । यो पुरस्कार खाटाम्मा र तिन्तामा (चौकीडाँडा) ले रु २ हजार प्रत्येकले प्राप्त गरे।

ब्याडमिन्टनतर्फ अनुशासित टीम नेपालेडाँडालाई घोषणा गरियो भने सर्वाेत्कृष्ट खेलाडीमा तुम्लिङटारका असन मगरलाई दुर्इ हजार पाँच सयले पुरस्कृत गरियो । बिरेन्द्र उमाबि, कुलुङलाई यसपालिको मायाको चिनोको रुपमा भलिबल र नेट प्रदान गरिएको क्लबका अध्यक्ष अशोक राईले बताए।

choukidada-4यसैबिच क्लबले जाल्पा उमाबि चौकीडाँडाले आगामी पौष महिनामा आयोजना गर्ने हिरक महोत्सवको अवसरमा १२ कक्षामा उत्कृष्ट अंक ल्याई उतिर्ण एक जना विद्यार्थीलाई पुरस्कार प्रदान गर्ने गरी छात्रबृत्ति कोषको घोषणा पनि गरेको छ ।

२०७१ सालमा स्थापित यो क्लबले बिभिन्न चाडपर्ब र अन्य अवसरमा  खेल, कलाकारिता तथा सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News