कसैको दमनले पीटीआईलाई नष्ट गर्न नसक्ने इमरान खानको दाबी



एजेनसी, जेठ ११
पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले कसैको दमनले पीटीआईलाई नष्ट गर्न नसक्ने बताएका छन् ।

गृह मन्त्रालयले खानको पाटीपीटीआईमाथि प्रतिबन्ध लगाउन सक्ने सम्भावना बढेपछि देशबासीका नाममा सम्बोधन गर्दै खानले यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टीविरुद्ध भएको व्यवहारले पीटीआइको लोकप्रियता बढाउने बताए । खानले नष्ट गर्न चाहनेहरूले देशलाई सखाप पार्न खोजीरहेको आरोप लगाए।

उनले देशको आर्थिक संकटका बारेमा रोडम्याप नभएकाले देश डुब्दै गएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News