ढाकाकुमारको प्रष्टीकरण – सांसद बन्न तीन करोड बुझाएको छैन्, समाचार भ्रामक र तथ्यहीन


 


काठमाडौं, जेठ १२
राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद डा. ढाकाकुमार श्रेष्ठले आफू समानुपातिक सांसद बन्न पार्टीलाई तीन करोड बुझाएको भन्ने समाचार आधारविना भ्रामक र तथ्यहीन भएको प्रष्टीकरण दिएका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै निलम्बित सांसद डा. श्रेष्ठले तीन करोड बुझाएको भन्ने समाचारमा सत्यता नरहेको प्रष्टीकरण दिएका हुन् । उनले विभिन्न मिडियाले कपोलकल्पित र तथ्यहीन समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाए ।

यो विषयमा आफूले कुनै मिडियामा नबोलेको भन्दै उनले यो समाचारले आफूलाई नैतिक समस्यामा पारेको बताए ।

‘आधारविना भ्रामक र तथ्यहीन समाचार बनाएर आफू र आफ्नो पार्टीको चरित्रहत्या गरे कानूनी प्रक्रियामा जान बाध्य हुनेछु’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्