स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एमाले अध्यक्ष ओली



काठमाडौं, जेठ १२
नेकपा एमालले दुई दिन स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । एमालेले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आज र भोलि प्रशिक्षण दिन लागेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज र भोलि हुने अनुशिक्षण तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल हुनेछ ।

आज बिहान साढे १० बजेबाट सुरु हुने अनुशिक्षणमा एमालेबाट निर्वाचित पालिका प्रमुख र उपप्रमुख गरी करिब ४ सयजनाको सहभागिता रहने बताइएको छ ।

अनुशिक्षणको उद्घाटन सत्रमा अध्यक्ष ओलीले सम्बोधन र दिशानिर्देश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News