किन डराए ट्रम्पकै गृहशहरका नागरिक ?


 


trumpकाठमाडौं, मंसिर २

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको गृहशहर न्यूयोर्कका नागरिक राष्ट्रपतिमा ट्रम्प विजयी भएपछि भयभित भएको आरोप त्यहींका मेयरले लगाएका छन् ।

न्यूयोर्क शहरका मेयर बिल दे ब्लासियोले ट्रम्पको विजयपछि आफ्ना शहरका नागरिक असरक्षित महशुस गरिरहेको बताएका हुन् ।

ट्रम्प टावरमा नवनिर्वाचित राष्ट्रपतिसहित रिपब्लिकन शीर्ष नेताहरुसँगको भेटमा आप्रवासीलाई घरफिर्ता पठाउने भन्ने विषयले उनीहरु त्रसित बनेको ब्लासियोले बताएका हुन् ।

ब्लासियोले ट्रम्पको आप्रवासीलाई फिर्ता पठाउने भन्ने योजना कार्यान्वयन हुन नसक्ने पनि बताए ।

ट्रम्पले भने आपराधिक पृष्ठभूमि भएका तीस लाख आप्रवासीलाई पहिलो चरणमा निस्काशन वा जेल पठाउने प्रष्ट गरिसकेका छन् ।

आप्रवासीहरु बढी रहेका न्युयोर्क, लस एञ्जलस, शिकागो, सानफ्रान्सिस्को, बोस्टन, फिलाडेल्फिया, वासिंगटन डिसी जस्ता शहरका मेयरहरु आप्रवासी फिर्ता गर्ने ट्रम्प योजनाको विरुद्धमा रहेका छन् ।

प्रकाशित मिति: २ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्