चीनमा ‘काखीमुनिको रौं’ देखाउने प्रतियोगिता


 


जेठ, २७ एजेन्सीkakhi

बेइजिङ–चीनमा महिलाले काखी मुनिका रौं देखायो भने फोहोरी र असभ्यको रुपमा लिने चलन छ। तर अब समय फेरिन थालेको छ। महिलाले शरीर माथि आफ्नो अधिकार पाउन चीनको लोकप्रिय माइक्रो ब्लग ‘वेबो’ मा ‘काखी मुनिको रौं’ प्रतियोगिता सुरु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

चीनकी महिला अधिकारकर्मी शियाओ मेलीले यो अभियान संचालन गरेकी हुन्। ‘हामीलाई आफ्नो शरीरमाथिको स्वतन्त्रता चाहिन्छ,’ उनले भनिन,’हाम्रो शरीरमाथि स्वभाविक रुपमा जुन चीज बढ्छ त्यसलाई स्विकार गर्न पाउनुपर्छ।’ उनले महिलाले आफ्नो शरीरको विषयमा फैसला आफैं गर्न पाउनुपर्छ भनेर अभियान संचालन गरेको बताइन।

शरीरको रौंलाई पुरुषको ‘पुरुषत्व’ संग तुलना गर्ने गरिन्छ। चीनमा सौन्दर्यसँग जोडिएको परम्परागत धारणाका अनुसार रौं विनाको काखी राम्रो मानिदैन। चीनका मानिस महिलाको काखीमुनिको रौंको एक झलक मात्र देख्न पाए त्यसलाई ‘आकर्षक र रहस्यमय’ मान्छन्। यो प्रतियोगितामा यस्ती अभिनेत्री पनि सहभागी भएकी छिन, जसले १९३० को दशकमा चीनमाथि आधारित फिल्मको एक भूमिकाको लागि काखीमुनिको रौं पालेकी थिइन्।
तर कतिपय मानिसले भने अभियन्ता शियाओको महिलाबादी दृष्टिकोणलाई चुनौति दिएका छन्। प्रतियोगिताको विरोधमा रहेकी एक महिलाले सोशल मिडिया वेबसाइट वेबोमा लेखेकी छिन,’ यो कस्तो प्रतियोगिता हो? मलाई कसैले पनि काखीमुनिको रौं हटाउन बाध्य बनाउन सक्दैन। काखीमुनि रौं राख्नु मलाई भद्दा लाग्छ।’

वेबो प्रयोगकर्ताले लेखेका छन,’ मेरो विचारमा महिला वा पुरुष जो भएपनि काखीमुनिको रौं पाल्नुपर्छ।’ सो प्रतियोगितामा सहभागी एक छात्राले काखीमुनिको रौं दखिएको आफ्नो तस्वीरमा लेखेकी छिन,’ म एक कलेजकी छात्रा हुँ। मलाई आफ्नो काखीमुनिको रौंको माया लाग्छ। म प्राकृतिक रौं, आत्मविश्वास र समानताको समर्थन गर्छु।’ अर्की महिला अधिकारकर्मी टिंगटिंगले पनि काखीमुनिको रौं देखिएको तस्वीर पोष्ट गर्दै घरेलु हिंसाको अन्त्य र काखीमुनिको रौंलाई माया गर्न भनेकी छिन्।

नागरिकन्युजबाट

प्रकाशित मिति: २७ जेष्ठ २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्