Deshko News
६ आश्विन २०८०, शनिबार

भीम रावलको प्रश्न – प्रचण्ड समकक्षीसँग वार्ता गर्न जानुभएको हो कि कर्मचारीसँग ?



काठमाडौं, जेठ १८
नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमाथि प्रश्न उठाएका छन् ।

भ्रमणको पहिलो दिन बुधबार भारतीय कर्मचारीसँग प्रचण्डको भेटवार्ता भएको सन्दर्भमा सामाजिक सञ्जाल ट्विटरमार्फत उनले प्रश्न गरेका हुन् ।

उनले प्रधानमन्त्री समकक्षीसँग वार्ता गर्न गएका हुन् कि कर्मचारीसँग भनेर प्रश्न गरे ।

‘प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको आरम्भमा नै भारतीय सुरक्षा सल्लाहकार र सचिव स्तरका कर्मचारीहरूसँग वार्ता गरेर अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र पदीय मर्यादाको उल्लंघन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड समकक्षी प्रधानमन्त्रीसँग वार्ता गर्न जानुभएको हो कि भारतीय कर्मचारीसँग ?’ उनले ट्विटरमा लेखेका छन् ।

प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News