नक्कली शरणार्थी प्रकरण : आज पूर्व गृहमन्त्री खाँणसहित तीन जनाको बयान लिइँदै


 


काठमाडौं, जेठ १९
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब तीन जनाको मात्रै बयान लिइन बाँकी रहेको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित बाँकीको बयान आज लिइन लागिएको हो ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीवार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान लिन बाँकी छ ।

बिहीवार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ३ जनाको बयान भएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्व उपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको थियो ।

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको हो ।

प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्