प्रचण्डले भारतमा ‘विवादास्पद अभिव्यक्ति’ दिएको भन्दै संसद अवरुद्ध गर्ने तयारीमा एमाले


 


काठमाडौं, जेठ २१
चारदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हीत विपरीत अभिव्यक्ति दिएको ठहर गर्दै एमालेले संसद अवरुद्ध गर्ने तयारी गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठक एमालेले अवरुद्ध गर्ने तयारी गरेको हो । आजको बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने कार्यसूची छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमाथि छलफल हुनु अगाडि नै प्रमुख प्रतिपक्षी दल एमालेले अवरुद्ध गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा बंगलादेशसम्म पुग्ने बाटो नेपाललाई दिए कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई दिन सकिने विकल्पबारे पनि छलफल भएको विवादास्पद अभिव्यक्ति दिएका थिए।

प्रकाशित मिति: २१ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्