Deshko News
१८ आश्विन २०८०, बिहिबार

टाउकाको डेढ करोड मूल्य तोकिएका भारतीय माओवादी नेताको निधन



एजेन्सी । भारतीय माओवादीका नेता कट्टम सुदर्शनको निधन भएको छ । सङ्गठन केन्द्रीय कमिटी र पोलिटब्युरो सदस्य सुदर्शनको हृदयाघातका कारण निधन भएको हो ।

केन्द्रीय कमिटीका प्रवक्ता अभयले विज्ञप्ति जारी गर्दै सुदर्शनको निधन भएको पुष्टि गरेका हुन् । उनीमाथि १ करोड ५५ लाख भारु इनाम तोकिएको थियो ।

सिपिआई माओवादीको दोस्रो तहको हैसियत राख्ने कट्टम सुदर्शन माओवादी सङ्गठनमा आनन्द, भास्कर, मोहन, वीरेन्द्र, मोहन टेकाम, सुदर्शन, रमेश, महेश र एएनको नामबाट पनि चिनिन्थे ।

तेलंगानाको आदिलाबादमा बस्ने ६६ वर्षीय सुदर्शनमाथि देशको विभिन्न देशमा भएको माओवादी हमलामा समावेश भएको आरोप छ ।

प्रहरीका अनुसार सन् १९७४ मा माओवादी आन्दोलनमा सक्रिय उनीमाथि छत्तीसगढमा भाजपा विधायक भिमा मंडावीको हत्यामा समावेश भएको आरोप पनि छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News