मैत्रीपूर्ण खेलमा नेपालले जापानलाई हरायो



gool-nepalकाठमाडौँ, मंसिर ४

जापानी टिमसँगको च्यारिटी फुटबल नेपाली राष्ट्रिय फुटबल टिमले जितेको छ ।

शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपालले जापानको फ्रेन्डस् अफ जापानलाई १–० ले हराएको हो ।

नेपाललाई जिताउन नवयुग श्रेष्ठले खेलको ५७औं मिनेटमा निर्णायक गोल गरेका थिए । खेलको अन्तिम घडीमा ‘डी बक्स’नजिक पाएको फ्रिकिकलाई भने जापानी टिमले सदुपयोग गर्न सकेन ।

च्यारिटी खेल भएकैले नेपाली टिमका प्रशिक्षक ग्योतोकी कोजीले टिमका सबै खेलाडीलाई मैदानमा उतारेका थिए । विक्रम लामा ‘म्यान अफ द म्याच’ भएका छन् ।

जापानी टिममा सन् २००२ को विश्वकपमा खेलेका काजुयुकी टोडासहित जे लिग तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडीहरु रहेका थिए ।

नेपालका तर्फबाट मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि जितेका खेलाडीहरु नै मैदानमा उत्रिएका थिए ।

भूकम्पपीडितको सहयोगार्थ नेपाल र जापानबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा आयोजित खेल हेर्न तीन हजार पाँच सयको हाराहारीमा दर्शक आएको अखिल नेपाल फुटबल संघ –एन्फा)का प्रवक्ता इन्द्रमान तुलाधरले जानकारी दिए ।

एन्फा र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा भएको खेलका लागि पाँच सय र एक हजार रुपैयाँदरको टिकटको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News