११ करोड लागतमा बन्न लागेको बैतडी क्रिकेट मैदानको यस्तो छ हालत


 


baitadi-stadium

बैतडी, मङ्सिर ५

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा दुई वर्षअघि सुरु भएको सुविधासम्पन्न अन्तर्रा्ष्ट्रियस्तरको दशरथचन्द क्रिकेट मैदानको निर्माण कार्य अलपत्र परेको छ ।

राष्ट्रिय खेलकुद परिषद् र निर्माण कार्यमा संलग्न ठेकेदारबीचको विवादका कारण करोडौँको काम अलपत्र परेको हो ।

सुदूरपश्चिममै पहिलोपटक करिब रु ११ करोडको लागत अनुमानसहित बैतडी सदरमुकाम नजिकै सुन्दरखालीमा दशरथचन्द क्रिकेट स्टेडियमको निर्माण एक वर्षअघि देखि रोकिएको छ ।
दुई वर्षअघि राष्ट्रिय खेलकुद परिषद्ले बहुउद्देश्यीय क्रिकेट स्टेडियम निर्माणका लागि काम सुरु गर्दा चन्द्रा एन्ड वसन्त कन्सट्रक्सनले निर्माण जिम्मा पाएको थियो ।

ठेकेदारले स्वीकृत ठेक्का रु एक करोड १९ लाख बरारबको काम गरेपनि खेलकुद परिषद्ले पूरै रकम भुक्तानी नदिएको दाबी गरेको छ भने खेलकुद परिषद्ले कामको मूल्याङ्कनका आधारमा रकम भुक्तानी दिइसकेको बताएकाले विवाद बढेको बताइएको छ ।

काम रोकिएर निर्माण कार्य अनिश्चित भएसँगै स्थानीय खेलाडीका लागि खेलमैदान अभाव भएको छ ।

डेढ दशक अगाडी क्रिकेटको सुरुवात भएसँगै बैतडीको दशरथचन्द नगरपालिकाको सुन्दरखालीमा क्रिकेट मैदान निर्माण गरिएको थियो ।

यही मैदानमा अभ्यास गर्दागर्दै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्रिकेटमा महत्वपूर्ण योगदान पु¥याएको बैतडीमा हाल आएर खेलमैदानको नै अभाव भएको क्रिकेट एसोसिएसन नेपाल क्यानका अध्यक्ष चतुरबहादुर चन्द बताउँछन् ।

जिल्लामा अन्तर्रा्ष्ट्रियस्तरको त्रिकेट मैदान निर्माण हँुदा हर्षित भएका स्थानीय खेलाडी भने कामले गति नपाउँदा निराश भएका छन् ।

दशरथचन्द क्रिकेट मैदान भत्काइएपछि स्थानीय खेलाडी सदरमुकामभन्दा १० किलोमिटर टाढाको देहिमाडौँ र बुड्ढामा रहेको धुलाम्मे मैदानमा जानुपर्ने बाध्यता सिर्जना भएको छ ।

टाढाको खेलमैदान एकातिर सानो आकारको धुलाम्मे रहेको र अर्का्तिर त्यहाँसम्म जान खर्चिलो हुँदा झन समस्या भएको छ ।

करिब रु ११ करोडमा निर्माण हुने भनिएको क्रिकेट स्टेडियममा ५५ गेजभन्दा बढीको खेलमैदान, डे«सिङ रुम, पेभेलियन, प्रशासकीय भवन, जिम हल र प्राक्टिस हलसहितको सुविधासम्पन्न खेलमैदान बनाउने तयारी अलपत्र परेको छ ।

मैदानकोे निर्माण कार्य तीन वर्ष्भित्रै सम्पन्न गरिसक्ने गरी रु ११ करोड अनुमानित बजेट लाग्ने अनुमान गरिएको थियो ।

मैदानको निर्माणपछि भारतसँग सीमा जोडिएको सो ठाउँमा भारतका खेलाडी आउन सक्ने र खेलको स्तरसमेत बढ्न सक्ने आँकलनसमेत गरिएको छ ।

बैतडीबाट राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय महिला र पुरुष गरी दर्जनौँ क्रिकेटर जन्माइसकेकाले मैदान निर्माण भएपछि थप सहयोग पुग्ने आशा गरिएको छ ।

बैतडीमा क्रिकेटप्रतिको आकर्षण बढ्दो भएपनि उपयुक्त खेलमैदान भने अहिले सम्म बन्न सकेका छैनन् ।

प्रकाशित मिति: ५ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्