पाकिस्तानी आक्रमणमा ३ भारतीय सैनिक मारिए, अब भारतले के गर्ला ?


 


एजेन्सी,  मंसिर ७

पाकिस्तानी सेनाको आक्रमणमा कम्तिमा ३ भारतीय सैनिक मारिएका छन् । भारत र पाकिस्तानबीचको सीमा रेखा लाइन अफ कन्ट्रोलमा भारतीय सैनिक मारिएको सञ्चार माध्यमले जनाएका छन् ।

जम्मु तथा कश्मिरको मच्छल सेक्टरमा भएको उक्त आक्रमणमा भारतीय सैनिक मारिएपछि भारतले जवाफ दिने तयारी गरिरहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । मृत फेला परेका भारतीय सेना यातना दिएर काटिएको अवस्थामा फालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय सेनाले यसको बदला लिइने भन्दै पाकिस्तानलाई कडा चेतावनी दिएको छ । भारतीय सेनाको कमाण्डले पाकिस्तानी सेनाको आक्रमणलाई कायर आक्रमणको सज्ञा दिएको छ ।

प्रकाशित मिति: ७ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्