भारतीय सेनाको अाक्रमणमा २ पाकिस्तानी सैनिक मारिए


 


indian-army-responseएजेन्सी, मंसिर ८

पाकिस्तानी पक्षबाट ३ भारतीय सैनिकको ज्यान जाने गरी भएको आक्रमणको जवाफमा भारतीय सेनाले गरेको कारवाहीमा २ पाकिस्तानी सैनिक मारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानी सेनाले भने यो कारवाहीमा ११ जना गैरसैनिक नागरिक मारिएको प्रतिदावी गरेको छ ।

मंगलबार कश्मिरको मछिल सेक्टरमा पाकिस्तानी पक्षबाट भएको आक्रमणमा ३ भारतीय सैनिक मारिएका थिए । त्यस लगत्तै भारतीय सेनाले जवाफी कारवाही थालेको थियो ।

प्रकाशित मिति: ८ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्