देशलाई विश्वभर चिनाउन चाहन्छु : मिरा राई (भिडियो अन्तर्वार्ता)


 


माओवादीको अयोग्य लडाकू मिरा राई अहिले देशको गौरब बनेकी छन्। २७ वर्षीया मिराले अल्ट्रा रनको अन्तर्राष्ट्रिय पहिचान बनाएकी छन्। उनले हंकङ, स्पेन, नेपालकै मुस्ताङमा भएको अल्ट्रा रनिङ, फ्रान्समा भएको ८० किलोमिटर अल्ट्रा रनिङमा प्रथम भएकी उनी नेशनल जोग्राफिकको एड्भेन्चर अफ द इयर-२०१६ को नोमिनेशनमा परेकी छन्। मिराले एड्भेन्चर अफ द इयर बनाउन सबै नेपालीको साथ चाहिएको बताएकी छन्।

mira-rai322

भोजपुरको अत्यन्त विकट गाउँ अनि कमजोर आर्थिक अवस्थाको परिवार । उनी १४ वर्षमात्रै पुगेकी थिइन । जतिबेला माओवादी द्वन्द उत्कर्षमा पुगेको थियो। त्यतिबेला महिला होस् वा पुरुष देशमा परिवर्तन ल्याउने तथा आफ्नो व्यक्तिगत अवसरका लागि पनि माओवादीमा प्रवेशको लहर थियो।

त्यसैले १४ वर्षकी युवती जो भोजपुरको सानो हुम्जामा जन्मिएकी हुन्। उनी पनि माओवादीको लडाकुका रुपमा बन्दुक उठाएर परिवारका लागि र देशका केही गर्छु भन्ने आँट गरिन्। पछि माओवादी लडाकुहर सेना समायोजन हुने क्रममा उनी अयोग्य ठहरिइन्।

त्यसपछि जीवनदेखि दिकदार मिरा रोजकारीका लागि मलेसिया जान तयार भइन्। पासपोर्ट बनाएर अप्लाई गरेको भिसा पनि लाग्यो। मलेसिया उड्नका लागि घरबाट बिदा भएर आएकी मिरालाई बालाजु कराते एकेडेमीका अध्यक्ष ध्रुवबिक्रम मल्लले मलेसिया जान दिएनन्। मिरा सम्झन्छिन्, ‘मलाई गुरुले मलेसिया जानबाट रोक्नुभयो । उहाँले तिमीमा धेरै क्षमता छ विदेश जानु पर्दैन। केही दु:ख गर्नुपर्छ भन्नुभयो। अनि म रोकिएँ। र उहाँहरु सँगै बसेर खेलमा लागेँ ।‘

सुरुमा मिरा कराते खेल्थिन्। पछि उनी मर्निङ वाकमा जाँदा जति दौडदा पनि नथाक्ने देखेपछि गुरुले उनलाई लामो दौडका लागि प्रोत्साहित गरे। विहानी दौडकै क्रममा उनको सेनाका अल्ट्रा धावकहरुसँग सम्वन्ध बन्यो। ‘नेपाली सेनाका भिम गुरुङ, कृष्ण गुरुङ, राज प्रधानजस्ता खेलाडीसँग मेरो संगत बढ्दै गयो,’ उनले भनिन्, उहाँहरुकै सल्लाहमा म लामो दुरीको दौडमा अभ्यासमा जान्थेँ।

त्यही क्रममा २०७० चैत ९ गते हिमालयन आउटडोर फेस्टिभलमा सहभागी हुन पुगेँ । उनलाई त्यो दिन प्रतिस्पर्दा हुँदैछ भन्ने थाहा रहेनछ। उनी सम्झन्छिन्, ‘दाईहरुले भोली बिहानै आउँ है भन्नुभएको थियो। त्यहाँ पुग्दा त प्रतिस्पर्दा पो रहेछ। त्यो प्रतिस्पर्दा मैले जितेँ। भोकै दौडिएकी थिएँ।‘ त्यसपछि उनलाई जोखिमपूर्ण खेल अल्ट्रा धावक बन्ने इच्छा बढ्यो।

अभाव र अनिश्चितताका बीच सुरु उनको अल्ट्रा यात्रा नेशनल जोग्राफिकको एड्भेचर अफ द इयर-२०१६ बन्न अग्र पङ्तीमा छन् । यसबीचमा उनले हङकङमा चार तथा अस्ट्रेलिया र इटालीमा एक/एक पटक अल्ट्रा दौडमा भाग लिइसकेकी छिन्। गत माघमा उनी हङकङको स्काइ रनिङ एसियन च्याम्पियनसिपअन्तर्गत ५० किलोमिटर अल्ट्रा दौडमा महिलातर्फ च्याम्पियन बनेकी थिइन्। महिला र पुरुष गरी ३ सय ५२ जनाले पूरा गरेको दौडमा उनी समग्रमा भने छैटौं स्थानमा रहेकी थिइन्। त्यो दौड उनले ५ घन्टा ३९ मिनेट ३१ सेकेन्डमा पूरा गरेकी थिइन्।

मिराका लागि अल्ट्रा दौडको अन्तर्राष्ट्रिय यात्रा गतवर्ष सेप्टेम्बरमा इटालीबाट सुरु भएको थियो। त्यहा ५७ किलोमिटरको अल्ट्रा दौड ६ घन्टा ३० मिनेट ३२ सेकेन्डमा पूरा गरेर उनले पहिलो अन्तर्राष्ट्रिय सहभागितालाई नै अविस्मरणीय बनाइन्। मिराका अनुसार हङकङमा एसियन च्याम्पियनसिपसहित भाग लिएका ४ मध्ये ३ मा उपाधि जितिन् भने ५० किलोमिटर दौडमा दोस्रो भइन्।

यो सफलता उनले यतिकै पाएकी होइनन्। निरन्तरको अभ्यास, केही मनकारीको सहयोग, दुःखका दिनमा उत्साह बढाउन पाएका प्रशिक्षक र जुझारुपनाले उनलाई अघि बढ्न मद्दत गर्‍यो। अल्ट्रा रनिङमै आफ्नो र अन्य नेपालीको पनि उच्च भविष्य देखेकी मिरा बारे थुप्रै डकुमेन्ट्रहरु समेत बनिसकेका छन्।

यहाँ गएर भाेट दिनु हाेला

प्रकाशित मिति: ९ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्