अभिनेत्री मल्लिकामाथि आक्रमण


 


लिउड अभिनेत्री मल्लिका शेरावतलाई फ्रान्सको पेरिसमा आक्रमण भएको छ । फ्रेन्च व्यापारी तथा आफ्नो प्रेमी साइरिल अक्जेनफेन्ससँग हिंडिरहेको अवस्थामा उनीमाथि आक्रमण भएको हो ।

mallikaमुखुण्डो लगाएका तीन हमलाकारीले मल्लिका र उनको प्रेमीलाई अश्रुग्यास छर्किएको र सामान्य कुटपिट गरेको फ्रेन्च संचारमाध्यमले उल्लेख गरेका छन् । केही समयअघि अमेरिकी टेलिभिजन रियलिटी स्टार किम कार्दासियनमाथि लुटपाट भएकै स्थान नजिकै मल्लिकामाथि आक्रमण भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार मल्लिका र उनका प्रेमी नीजि निवासमा पुग्नासाथ आक्रमणकारीले निशाना बनाएका थिए । घटना गत शुक्रबार नै भएको भए पनि हालैमात्र फ्रेन्च संचारमाध्यमले प्रकाशमा ल्याएका छन् ।

प्रहरीले सो घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन । प्रहरीका अनुसार लुटपाटकै उद्देश्यले मल्लिका र उनको प्रेमीमाथि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । – एजेन्सी

प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्