फिल्म ‘किङ’को अफिसियल गीत रिलिज



king-new-songsकाठमाण्डौ , मंसिर ११

पौष २९ लाई प्रदर्शन मिति तय गरेर प्रचार प्रसार थालनी गरेको फिल्म किङुको अफिसियल गीत रिलिज गरिएको छ । सार्वजनिक अधुरो थियो सपनाु बोलको गीतमा अभिनेता निखिल उप्रेती र अभिनेत्री वेनिशा हमाल फिचरिङमा छन् ।

गीतको मेकिङ उच्च देखिएको छ । उत्कृष्ट सिनेमाटोग्राफी तथा सम्पादनले म्युजिक भिडियोलाई हेर्न लायक बनाएको छ ।

गीतको कोरियोग्राफी रामजी लामिछानेको हो भने संगीत वसन्त सापकोटा, दिनेश सुनाम र सुजेन्द्र डि कार्कीको छ । स्वर प्रविशा अदिकारी र सन्नी सुनामको छ ।

गीतमा लुम्बिनीको मनोरम दृश्यहरु समावेश छन् । जगन श्रेष्ठको प्रस्तुतीमा बनेको फिल्मका निर्माता जयन श्रेष्ठ हुन् भने किङुलाई निर्देशन सविर श्रेष्ठले गरेका छन् ।

लभस्टोरी एक्शन जनराको फिल्ममा एक्शन रोशन श्रेष्ठको छ भने क्यामेरा सञ्जय लामाले चलाएका छन् ।

फिल्ममा निखिल र वेनिशासँगै अनुपबिक्रम शाही, रुपा राना, प्रज्जवसुजल गिरी, जगन श्रेष्ठ लिड अभिनयमा छन् । फिल्मको कथा पनि सविर श्रेष्ठको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News