Deshko News
१८ आश्विन २०८०, बिहिबार

छोराको नागरिकता लिन आएका आमाबाबु नै पक्राउ



पर्सा, असार ३० । झुठो विवरण पेश गरी जन्मको आधारमा नेपालको नागरिकता लिने एक दम्पतीले जिल्ला प्रशासन कार्यालय पर्साबाट वंशजको आधारमा छोराको नागरिकता बनाउन आउँदा आमाबुवा पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं. १३ बस्ने भारतीय नागरिक दिनेश पटवाले २०६३ सालमा झुठो विवरण पेश गरी जन्मको आधारमा नागरिकता लिएको र सोही नागरिकताको आधारमा पटवाकी श्रीमती रितादेवी पटवाले वैवाहिक अंगीकृत नागरिकता बनाएकी थिइन् ।

श्रीमान् श्रीमती दुबैले नेपालको नागरिकता लिएपछि असार २४ गते श्रीमान् श्रीमती पटवा जिल्ला प्रशासन कार्यालय पर्साबाट छोराको नागरिकता बनाउन आएको अवस्थामा शंकास्पद गतिविधि देखिएपछि सुरक्षामा खटिएको सशस्त्र प्रहरीको विशेष टोलीले निगरानी गरेको थियो ।

चेकजाँच गर्दा दिनेशकुमार पटवाका साथमा भारतीय कायकर विभागको कार्ड बरामद भएपछि आवश्यक कारवाही तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

उनले भीडभाडमा भारतीय नमागरिकसमेतले कर्मचारीहरुलाई झुक्याएर कीर्ते तथा नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिन आउन थालेपछि विशेष निगरानीका साथ नागरिकता वितरणलाई कडाई गरिएको बताए ।

नयाँ ऐन अनुसार जन्मको आधारमा नागरिकता लिएकाहरुको सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराइएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिन आउनेहरुको भीड थामिनसकिने भएको छ । यसको फाइदा उठाउँदै बिचौलियाहरु चलखेलमा लागेका छन् । आजको गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति: ३० असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News