इजरायलका डाक्टरले गरे चमत्कार, बालकको छुट्टिएको टाउको जोडे


 


एजेन्सी । इजरायलका डाक्टरहरूले यस्तो चमत्कार गरेका छन् कि जुन विश्वास गर्ने खालको छैन ।

डाक्टरहरूले १२ वर्षको केटाको छुट्टिएको टाउको घाँटीमा सफलतापूर्वक जोडेका छन्। द टाइम्स अफ इजरायलको रिपोर्टअनुसार सडक दुर्घटनामा परेर टाउको अलग भएका १२ वर्षीय सुलेमान हसन नामका बालकको टाउको घाँटी जोडेका हुन् ।

डाक्टरका अनुसार उनको टाउको घाँटीको फेदबाट लगभग पूरै काटिएको थियो। बच्चाको शल्यक्रिया टोलीमा रहेका अर्थोपेडिक सर्जन डा. ओहाद इनभले कल्पना नै नगरेको शल्यक्रिया सफल भएकोमा आफूहरु पनि निकै खुशी भएको बताएका छन् ।

रिपोर्टअनुसार यो घटना गत महिना अर्थात जुनमा भएको थियो तर डाक्टरहरूले जुलाईसम्म यो घटना सार्वजनिक गरेका थिएनन् । प्रतिवेदनअनुसार दुर्घटनामा परेका बालक अहिले उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति: ३० असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्