अब ’मनको जलन’ मा स्टारहाङ



starhangगीतकार स्टारहाङ बान्तवा ’जलन’ को एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली स्वरुप ’मनको जलन’ नामक गीति एल्बम लिएर आउने भएका छन् । उक्त एल्बमा ५ वटा गीतहरु समाबेश गरिएका छन् ।

५ वटै गीतमा राजा खड्काले संगीत भर्नु भएको छ् भने नेपालकै बहु-चर्चित गायकहरु दीपक लिम्बु, प्रमोद खरेल, हेमन्त शर्मा, राज खड्का र गायिकाहरु मेलिना रार्इ र सुमिना लो ले आवाज दिने भएका छन् ।

५ वटै गीतको म्युजिक भिडियो बनाउने योजना रहेको गीतकारले बताएका छन् । पहिलो म्युजिक भिडियो प्रमोद खरेलको स्वरमा रहेको ’मुटु झिकेर कसरी दिउँ तिम्रो खुशीको निम्ति’ बोल रहेको गीतको म्युजिक भिडियो तयार भाईसके उनले बताए ।

उक्त भिडियोमा प्रबिण थापाको निर्देशन रहेको छ भने हरिनारायण चौधरीले क्यामेरा चलाएका छन्। मोडलिङमा मोडेल मन्जिता केसी रहेकी छिन्। मोडेल मन्जीतालाई साथ दिएका छन् मोडल बाबु मगरले।

बाल कलाकारको भूमिकामा रियाज भण्डारीलाई हामी देख्न सक्नेछौँ । अन्य दुई गीतहरु दिपक लिम्बुको स्वरमा रहेको ’मृगनयनी आँखा उनको हरिणको चाल’ र मेलिना रार्इको स्वरमा रहेको ’सम्झेर तिमी आशुले मेरो भिज्दैछ सिरानी’ बोलको गीतको पनि म्युजिक भिडियोको चाडै तयार हुने बताएका छन्।

बाँकी दुई गीत हेमन्त शर्माको स्वरमा रहेको ’भोजपुरको सुन्तला मिठो ईलामको चिया’ र राज खड्का र सुमिना लो को स्वरमा रहेको ’नक्कलीले कर्के नजर हानेर पो मार्‍यो’ बोल रहेको गीतको म्युजिक भिडियो भने केही समय लाग्ने गीतकारले बताए ।

रोजगारको सिलसिलामा युएईमा रहेका गीतकारले छिटै नेपाल आएर एल्बम विमोचन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News