कस्तो छ ‘पुरानो डुङ्गा’ को विजनेस ?


 


purano-dungaकाठमाण्डौ , मंसिर १२

गएको शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘पुरानो डुङ्गा’ले आक्रामक ओपनिङ गरेको छ । निर्माण टिम तथा वितरकहरुबाट प्राप्त विवरणलाई सत्य मान्दा यो फिल्मले दुई दिनमा नै १ करोड बढिको विजनेस गरेको छ ।

प्राप्त जानकारीलाई आधार मान्दा फिल्मले राजधानीमा मात्रै दुई दिनमा १ करोड बढिको ग्रस विजनेस गरेको छ भने मोफसलको विजनेस ५० लाख भनिएको छ ।

फिल्मले सिंगल स्कृनसँगै मल्टिप्लेक्समा शुक्रबार र शनिवार आक्रामक विजनेस गर्यो । प्रायः हल हाउसफुल पाईए ।

तर रामबाबु गुरुङको निर्देशकिए भेञ्चरले भने ‘वर्ड अफ माउथ’ राम्रो पाएको छैन् । फिल्म हेर्ने दर्शकले निर्माण टिम तथा निर्देशकलाई गाली गरेका छन् ।

कमजोर स्कृनप्लेले दर्शकलाई न्याय गर्न नसकेको कमेन्ट सामाजिक सञ्जालमा छर्पष्ट छ ।

फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनका प्रधान लिड अभिनयमा छन् । आईतबारबाट फिल्मको शो मा समेत डाउन देखिईसकेको छ ।

प्रकाशित मिति: १२ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्