बलात्कारीलाई नपुंशक बनाउन ज्यासमिनको माग


 


meera-jasmine-580x395काठमाडौं, मंसिर १३

दक्षिण भारतीय नायिका मीर ज्यासमिनले बलात्कारीलाई नपुंशक बनाउनुपर्ने माग राखेकी छिन् ।

बलात्कारको शिकार भएकी एक दलित युवतिको आमाको साथमा पत्रकार सम्मेलनमा उपस्थित यी नायिकाले बलात्कारीलाई कार्वाही गर्ने कानुन भारतमा अप्रयाप्त भएको बताइन् ।

महिलामाथिको हिंसा नियन्त्रणका लागि बलात्कारीलाई पीडादायी सजाय दिनुपर्छ । यसका लागि सबै भन्दा प्रभावकारी उपाय भनेको बताल्कारीलाई नपुंशक बनाउनु नै हो उनले भनिन् ।

३४ वषीय मिना दक्षिण भारतकी प्रसिद्ध नायिका हुन् । उनले सन २००४ मा नेशनल अवार्ड पाएकी थिईन्  ।

प्रकाशित मिति: १३ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्