गरिमा विकास बैंकको नाफा १ अर्ब २१ करोड


 


काठमाडौं, साउन २१
गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले १ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन अघिल्लो आर्थिक वर्षको भन्दा १८.१८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा १ अर्ब ३ करोड १३ हजार रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी २३.६४ प्रतिशतले बढेर ३ अर्ब २० करोड ७० लाख ६७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २ अर्ब ५९ करोड ३८ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्मको अवधिमा कम्पनीको संचालन नाफा १ अर्ब ७२ करोड ७ लाख ६२ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १५.५० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा १ अर्ब ४८ करोड ९८ लाख २४ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा चुक्तापूँजी १३.२७ प्रतिशतले बढेर ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँ, जगेडा कोष २ अर्ब ६४ लाख ६८ हजार रुपैयाँ, वितरणयोग्य नाफा ४.६४ प्रतिशतले घटेर ५५ करोड ७२ लाख ७१ हजार रुपैयाँ र खराब कर्जा १.५५ प्रतिशत रहेको छ ।

साथै, यस अवधिमा बैकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५० पैसा रहेको छ ।

प्रकाशित मिति: २१ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्