Deshko News
९ आश्विन २०८०, मंगलबार

भारतकाे जम्मु कस्मिरमा ७ सैनिक मारिए



sainuk
काठमाडौं, मंसिर १५
भारतको जम्मु–कस्मिरस्थित सैनिक शिविरमा आतंकवादी आक्रमणमा परी सातजना सैनिक मारिएका छन् ।

जम्मुको नगरोटामा मंगलबार गरिएको आक्रमणका क्रममा दुई आतंककारी पनि मारिएका छन् ।

हतियारसहित प्रवेश गरेका आतंककारी समूहले सैनिक शिविरमा रहेको क्यान्टिनबाट १६ जनालाई बन्धक बनाएका थिए ।

सेनाले बन्धक बनाइएकालाई भने मुक्त गराएको छ ।

जम्मुबाट १६ किलोमिटर टाढा रहेको नगरोटामा आतंकवाद नियन्त्रणका लागि विशेष शिविर खडा गरिएको थियो ।

घटनालगत्तै सुरक्षा व्यवस्था कडा बनाइनुका साथै यातायात, विद्यालय र कलेजहरु केही समयका लागि बन्द गरिएका छन् ।

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News