Deshko News
१८ आश्विन २०८०, बिहिबार

तीन वाणिज्य बैंकलाई एक करोड ९९ लाख जरिवाना



काठमाडौं, साउन २२ । नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई एक करोड ९९ लाख १० हजार ७२२ रुपैयाँ जरिवाना तिराएको हो ।

प्राइम कमर्सियल बैंकलले राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा नोक्सानीको व्यवस्था कायम नगरेको पाइएको छ । यस बैंकले क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र इ.प्रा.नं. १५÷०७९को व्यवस्थाविपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, कर्जा÷निक्षेप अनुपात कायम नगर्ने कुमारी बैंक्लाई राष्ट्र बैंकले ५९ लाख ६३ हजार ६९४ रुपैयाँ जरिवाना तिराएको छ । यसका साथै कर्जा÷निक्षेप अनुपात कायम नगर्ने हिमालयन बैंकलाई पनि राष्ट्र बैंकले एक करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ जरिवाना तिराएको हो ।

प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News